कार्यवाहक राष्ट्रपतिलाइ आयोगले बुझायो उपनिर्वाचनको प्रतिवेदन  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कार्यवाहक राष्ट्रपतिलाइ आयोगले बुझायो उपनिर्वाचनको प्रतिवेदन 


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन, २०८० को प्रतिवेदन बुझाएको छ।

आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको हो।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक राष्ट्रपति यादवसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन। सो अवसरमा कार्यवाहक राष्ट्रपति यादवले निर्वाचन सम्पन्न गरी संवैधानिक र कानुनी दायित्व पूरा गरेकामा आयोग र सम्बद्ध सबैमा धन्यवाद व्यक्त गरे।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न भएको अवगत गराएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस