२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहबाटै श्रम स्वीकृति पाएपछि सहज

अ+ अ-

बेदकोट ।कञ्चनपुरमा स्थानीय तहबाटै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु गरिएको छ । जिल्लाका नौमध्ये दुई पालिकाले वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति उपलब्ध गराउन सुरु गरेका हुन् ।

पहिलो पटक बेदकोट नगरपालिकाले वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका श्रम स्वीकृति दिन सुरु गरेको थियो । नगरपालिकाबाट हालसम्म दुई जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएको रोजगार संयोजक भोजराज अवस्थीले जानकारी दिए ।

‘अहिले पुरानालाई मात्रै श्रम स्वीकृति दिइरहेका छौँ, स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिमका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला चाहिन्छ’, उनले भने, ‘यस्तो प्रयोगशाला प्रदेशमा पनि छैन, त्यसैले नयाँलाई श्रम स्वीकृति दिन सकिएको छैन ।’उनका अनुसार नयाँ श्रम स्वीकृति लिनेहरुसँग स्वास्थ्य परीक्षण र अभिमुखीकरण भएमा पालिकाबाटै दिन स्वीकृति लिन सकिने छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका घर भई हाल बेदकोटमा बसोबास गर्ने गोपाल खडायत र बेदकोट नगरपालिका–१० सिसैयाका केशवराज पन्तले युनाइटेड अरब इमिरेट्स (यूएइ)मा जानका लागि पुनः श्रम स्वीकृति नगरपालिकाबाट पाएको रोजगार संयोजक अवस्थीले बताए ।

‘वैदेशिक रोजगारीमा जाने दुई जनाको पुनः श्रम स्वीकृत भइसकेको छ, अरु दुई जनाको प्रक्रियामा छ’, उनले भने, ‘अनलाइनमार्फत फारम भरेर स्वीकृति लिन सकिन्छ ।’

श्रम स्वीकृतिका लागि सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुनुपर्छ । ‘पुरानो श्रम स्वीकृति, राहदानी, कार्डलगायत कागजपत्र अनलाइनमा प्रविष्ट गर्नुपर्छ’, रोजगार संयोजक अवस्थीले भने,’रु १४ लाखसम्मको साढे दुई वर्षको बीमा पनि हुन्छ ।’

नगरपालिकाले स्थानीय तहमै श्रम स्वीकृति दिन थालेपछि वैदेशिक रोजगारीमा जानेलाई सहज भएको छ । यसले हजारौँ रकम खर्च गरी काठमाडौँ पुगेर घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटेको छ । सदरमुकामको भीमदत्त नगरपालिकाले पनि वैदेशिक रोजगारमा जान चाहनेलाई नगरको रोजगार सेवा केन्द्रबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ ।

भीमदत्त नगरपालिकाले दुई जनालाई सोमबार श्रम स्वीकृति प्रदान गरेको हो । भीमदत्त नगरपालिका–९ का आनन्द सिंह रावत र वडा नं. ८ का भवानसिंह भण्डारीले नगरपालिकाबाट पुनः श्रम स्वीकृति पाउनु भएको छ ।

गत चैत १६ गते मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो ।

वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस