सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्छौं : सभापति लामिछाने « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्छौं : सभापति लामिछाने


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन्।

चितवन-२ मा भएको उपनिर्वाचनमा विजयी हुने निश्चित भएपछि मङ्गलवार बिहान भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रममा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्ने लगायत बुँदा समावेश नभएकाले सरकारलाई समर्थन दिइरहनु औचित्यपूर्ण नहुने बताएका हुन्।

उनले भने, ‘चुनावी माहौल सकिएपछि हामी काठमाडौंमा गएर सरकारलाई दिएको समर्थनको विषयमा छलफल गर्छौँ । सरकारमा जाने त कुरै छैन।’

रास्वपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिए पनि उसले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस