२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायिक नेतृत्वको दोलखा भ्रमण

अ+ अ-

दोलखा । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्याय क्षेत्रका विशिष्ट व्यक्तिहरूले हालै दोलखा भ्रमण गरेका छन् ।

जिल्लाको इतिहासमा न्यायपालिकाको प्रमुख, सर्वोच्च अदालतका न्यायाधीश, महान्यायाधिवक्ता र कानुन क्षेत्रका विशिष्ट व्यक्ति एकै पटक पुग्ने यो ऐतिहासिक अवसर हो । यो अवसरको संयोग नेपाल बार एशोसिएसन दोलखा एकाइको भवन उद्घाटन कार्यक्रमले जुराएको हो ।

उक्त कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्की, सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी र हरि फुयाँल, महान्यायाधिवक्ता डा दीनमणि पोखरेल, सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, सर्वोच्च बार एशोसिएसनका अध्यक्ष हरिशङ्कर निरौला, वरिष्ठ अधिवक्ता लक्ष्मीप्रसाद उप्रेती, टङ्क दुलाल, मेघराज पोखरेल, महान्यायाधिवक्ता मुक्ति प्रधान, बारका पूर्व उपाध्यक्ष टीकाराम भट्टराई, नेपाल बार काउन्सिलका सदस्य डा चन्द्रकान्त ज्ञवाली, रुद्र नेपाललगायत पुगेका थिए ।

यही वैशाख ८ गतेका लागि भ्रमणको नेतृत्व दोलखा काठमाडौँ कानुन व्यवसायी समाजको संयोजक तथा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र सचिव प्रवीण प्रधानले गरेका थिए । वैशाख ८ गते औपचारिक रूपमा भवन उद्घाटन र दोलखा जिल्ला अदालतको अवलोकन गरी उनीहरूले यही वैशाख ९ गते कालिञ्चोक भगवतीको मन्दिर र दोलखा भीमसेनको दर्शन गरेका हुन् ।

भ्रमणका क्रममा चरिकोटबाट सेतै फुलेका लालीगुराँस र सुन्दर वातावरणको अवलोकन गर्दै उनी कालिञ्चोक पुगे । दोलखा भ्रमणमा आउँदाको मौकामा कालिञ्चोक भगवती र भीमेश्वरको दर्शन गर्ने अवसरमा मिलेकामा खुसी व्यक्त गर्दै कामु प्रधानन्यायाधीश कार्कीले भने, ‘दोलखासँग मेरो पुरानो सम्बन्ध छ, मेरो कानुनी क्षेत्रको यात्रा नै दोलखाबाट सुरुआत भएको हो ।’

दोलखा जिल्लाका लागि एउटा सुन्दर संयोजक मान्नुपर्छ । महान्यायाधिवक्ता अग्नि खरेलसँग मिलेर उनले पहिलो ल फर्म दोलखामा प्रारम्भ गरेका थिए । ‘वास्तवमा मेरो दोलखासँग एउटा मीठो संयोग छ, म ओखलढुङ्गाबाट आउने क्रममा एउटा मुद्दाको सिलसिलामा दोलखा झरेको थिएँ, यहाँ कानुन व्यवसायी छैनन्, यही ल फर्म खोलेर काम गर्नुपर्छ भन्ने कुरा आयो’, उनले विगत स्मरण गर्दै भने, ‘अग्नि खरेल र म मिलेर ल फर्म खोल्यौँ, मेरो दोलखाबाटै कानुनी यात्रामा प्रवेश भएको थियो ।’ त्यही ठाउँबाट कानुन क्षेत्र प्रारम्भ गरेको व्यक्तिले अहिले न्यायालयको नेतृत्व गरिरहेका छन् ।

दोलखा भीमसेनको दर्शन गरेपछि त्यहाँको ऐतिहासिक पुरानो बस्ती पनि उनले अवलोकन गरे । पुराना बस्तीका घर र बस्ती केही परिवर्तन भएको महसुस भएको उल्लेख गर्दै उनले भने, ‘पहिलाको भन्दा अलि फरक भएन, म आउँदा त्यो घर अर्कै थियो, अहिले केही परिवर्तन भएछ ।’ दोलखा बजारमा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान, दोलखा जिल्लाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ, अधिवक्ता प्रवीण प्रधानलगायतले अवलोकन गरेका थिए ।

सर्वोच्च अदालतमा न्यायाधीश हरि फुयाँल र कुमार रेग्मीले पनि उक्त अवसरमा कालिञ्चोक भगवती र दोलखा भीमसेनको दर्शन गरे । सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता पहिलो पटक दोलखा भ्रमणमा पुगेका हुन् । ‘दोलखा पहिलो पटक घुम्ने मौका पाएको हुँ, सुन्दर रैछ ।’
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारलाई पनि दोलखा पुग्ने र अवलोकन गर्ने अवसर पाएकामा खुसी लागेको छ । ‘म दशैँमा पनि दोलखा घुम्न आएको थिएँ, माथिल्लो तामाकोसीसम्म घुमेर फर्किएका थियौँ’, उनले भने, ‘मलाई दोलखा छुट्टै राम्रो र सुन्दर लाग्छ ।’

दोलखा–काठमाडौँ कानुन व्यवसायी समाजको संयोजक तथा वरिष्ठ अधिवक्ता पोखरेललाई दोलखा र दोलखाका महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलमा न्यायिक नेतृत्वलाई अवलोकन गराउन पाउँदा खुसी लागेको बताए ।

न्यायालयको नेतृत्व गर्ने व्यक्ति र न्याय क्षेत्रका नेतृत्व गर्ने विशिष्ट व्यक्तिहरू एकै ठाउँमा भेट हुनु एउटा सुन्दर संयोग हो । विरलै यस्तो संयोग हुन्छ । दोलखा बार एकाइका अध्यक्ष कृष्ण बस्नेतले आफ्नो कार्यकालमा बारको भवन उद्घाटन गर्ने क्रममा न्यायिक नेतृत्वको आगमनले खुसी बनाएको बताए । ‘न्याय क्षेत्रका सर्वोच्च व्यक्तिको दोलखामा आगमन भयो, मलाई असाध्यै खुसी लागेको छ’, उनले सुनाए, ‘खुसी लाग्यो मेरो कार्यक्रममा एउटा महत्त्वपूर्ण काम गरियो ।’

प्रतिक्रिया दिनुहोस