ऐन निर्माणमा प्राथमिकता तोकेर काम गर्ने मन्त्री खड्काको प्रतिबद्धता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ऐन निर्माणमा प्राथमिकता तोकेर काम गर्ने मन्त्री खड्काको प्रतिबद्धता


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरूको प्राथमिकता तोकेर छिटोभन्दा छिटो ल्याउने बताएका छन् । 

बुधबार सिंहदरवारस्थित मन्त्रालयमा मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । 

उनले कतिपय संघीय ऐनहरू संसदमा पुगेर रोकिएका र कतिपय निर्माणकै क्रममा रहेका भन्दै ती सबै ऐनहरूको प्राथमिकता तोकेर काम अगाडि बढाइने दाबी गरे । 

कानुनलाई पारित गर्ने सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित ढङ्गले गर्ने उनले दाबी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस