काठमाडौँ । सत्तारुढ पाँच दलको बैठक बालुवाटारमा सुरु भएको छ ।
संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी मुद्दाको विषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू सहभागी छन् ।
संसदमा विचाराधीन टीआरसीसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकमा चालू अधिवेशनबाटै पारित गराउने विषयमा छलफल केन्द्रित रहने बालुवाटार स्रोतले जानकारी दिएको छ ।