अब काठमाडौँ प्लाजाबाट सेवा दिँदै महानगर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अब काठमाडौँ प्लाजाबाट सेवा दिँदै महानगर


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ प्लाजाबाट सेवा दिने भएको छ । नयाँ वर्षदेखि सुन्धाराको जेडिए कम्प्लेक्समा रहेको प्लाजाबाट सेवा दिने जनाइएको छ । मकामपाको कार्यालय आज (बिहीबार) काठमाडौँ प्लाजा सारिएको छ । 

कम्प्लेक्समा रहेको प्रशासन विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाइलगायतका कार्यालय सर्ने बताइएको छ ।  

अहिले कामपाको १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० स्थानबाट सेवा दिइरहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस