काठमाडौँ । सरकारले सरकारी तक्मा बाँड्दा तीन वर्षको अवधिमा ३४ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ ।
मानपदवी, अलंकार र पदक वितरण गर्दा आव २०७६/७७, आव २०७७/७८ र आव २०७८/७९ सम्म यो रकम खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
३ वर्षमा १५ सय ७३ जनालाई तक्मा बाँडेको सरकारले यसका लागि ३४ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ ।