काठमाडौँ । वैदेशिक रोजगार विभागले मेनपावर व्यवसायीमाथि अनुगमन गर्न निर्देशकहरूको संयोजकत्वमा समिति गठन गरेको छ ।
ठगीका घटना बढ्दै जान थालेपछि नियमित अनुगमनका लागि तीन वटा समिति गठन गरिएको हो ।
विभागका अनुसार गठित समितिहरूले विभागमा दर्ता रहेका म्यानपावर कम्पनी तथा अभिमुखीकरण संस्थाहरूमा अनुगमन गर्ने छन् ।