प्रधान सेनापति शर्मा र अस्ट्रेलियाका राजदूतबीच भेटघाट  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधान सेनापति शर्मा र अस्ट्रेलियाका राजदूतबीच भेटघाट 


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि अस्ट्रेलियाका राजदूत पेलिसिटी भोल्क बीच शिष्टाचार भेटघाट भएको छ । 

आज जङ्गी अड्डामा  प्रधान सेनापति शर्मा र राजदूत भोल्क बीच भेट भएको हो । 

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस