प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सुदर्शन सिलवाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्माले सिलवाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

पदोन्नति भएका उपरथी सिलवाललाई सैनिक ईन्टेलिजेन्स महानिर्देशनालय (ईन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त गरिएको छ । 

सोही कार्यक्रममा प्रधान सेनापति शर्माले महा सेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस