काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर समूह शेखर कोइराला पक्षले सरकारमा को मन्त्री पठाउने भन्ने बारे छलफल गर्न लागेको छ।
बालुवाटारस्थित कोइराला सचिवालयमा बिहीबार बिहान बसेको बैठकमा सरकारमा आफ्नो समूहबाट पठाउने मन्त्रीबारे छलफल भइरहेको बताइएको छ ।
बैठकमा महामन्त्री गगन थापा लगायत १४ औँ महाधिवेशनमा कोइराला पक्षबाट निर्वाचित पदाधिकारीहरूका केही नेता र सांसदहरू सहभागी भएका छन्।
कोइराला पक्षले आफूहरूले कम्तीमा पनि ३ मन्त्री छान्न पाउनुपर्ने अडान राखे पनि ८ मन्त्रालय पाएको काँग्रेसले यसअघि ४ मन्त्री सरकारमा पठाइसकेको छ ।
काँग्रेसले यसअघि पूर्णबहादुर खड्का, प्रकाशशरण महत, सीता गुरुङ र रमेश रिजाललाई मन्त्री बनाएको थियो।