२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

अ+ अ-

खोटाङ । खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् ।

जिल्ला खेलकुद विकासका प्रमुख लीलाभक्त केसीका अनुसार १० स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी र साकेला गाउँपालिकाका विद्यार्थी सहभागी छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको मङ्गलबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले उद्घाटन गरिन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराते र तेक्वान्दोतर्फ गरी एक सय ३८ पदकका लागि प्रतिस्पर्धा हुने छ ।

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा मङ्गलबार भएका खेलमा सटफुट थ्रोमा छात्रतर्फ हलेसी तुवाचुङका केलेमेण्ड श्रेष्ठ पहिलो, दिप्रुङ चुइचुम्माका अस्मिन तामाङ दोस्रो र केपिलासगढीका इरन राई तेस्रो भएका छन् भने छात्रातर्फ हलेसी तुवाचुङकी अनिशा भुजेल पहिलो, केपिलासगढीकी जेनिशा राई दोस्रो र हलेसी तुवाचुङकै अस्मिता राई तेस्रो भएका छन् । ज्याभलिन थ्रोमा छात्रतर्फ दिप्रुङ चुइचुम्माका अस्मिन तामाङ पहिलो, हलेसी तुवाचुङका मीनकुमार रानामगर दोस्रो र केपिलासगढीका रोचक राई तेस्रो तथा छात्रातर्फ हलेसी तुवाचुङकी मनिषा राउत पहिलो, ऐसेलुखर्ककी प्रमिला तामाङ दोस्रो र हलेसी तुवाचुङकै अस्मिता राई तेस्रो भएका छन् ।

एक हजार पाँच सय मिटर दौडमा छात्रतर्फ साकेलाका तयाहाङ राई पहिलो, हलेसीका गणेश बस्नेत दोस्रो र हलेसीकै अजय राई तेस्रो भएका छन् भने छात्रातर्फ केपिलासगढीकी रोजिना बस्नेत पहिलो, सोही ठाउँकी रेवती राई दोस्रो र हलेसीकी अनिशा कार्की तेस्रो भएकी छन् । प्रतियोगिताको बाँकी खेल हरेक दिन बिहान ७ बजेबाट माटीकोरे खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस