ड्राइभिङ लाइसेन्स सम्बन्धी सेवा प्रभावित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ड्राइभिङ लाइसेन्स सम्बन्धी सेवा प्रभावित


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी अनलाइन सेवा हाल बन्द छ। सर्भरमा समस्या आएका कारण सेवा प्रभावित भएको भन्दै यातायात व्यवस्था विभागले मङ्गलवार साँझ सूचना जारी गरेको छ।  

सूचनामा उल्लेख गरेअनुसार विभागबाट सञ्चालित सवारी चालक अनुमतिपत्र सम्बन्धी इडिएलभिआरएस प्रणालीको जिआइडिसी डेटाबेस सर्भरमा समस्या आउँदा सेवा प्रभावित बनेको हो। उक्त सर्भर सिंहदरवारमा छ। सर्भरमा देखिएको समस्याको समाधान काम भइरहेको समेत जारी सूचनामा भनिएको छ। 

समस्या समाधान नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रभावित रहनेछ। 

Tags :
प्रतिक्रिया दिनुहोस