सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेपाली क्रिकेट टोलीको पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामाथि आज सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो ।

गौशाला–२६ ले बलात्कारको उजुरी दिएपछि गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीप पुस २९ मा २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।

सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो । अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस