ए डिभिजन लिग : आज तीन खेल हुँदै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ए डिभिजन लिग : आज तीन खेल हुँदै


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरू हुँदैछन् ।

लिगको सातौं चरण अन्तर्गत आज दशरथ रङ्गशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । सङ्कटा र मछिन्द्रबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

सङ्कटा आज तेस्रो जितको योजनामा हुनेछ । सङ्कटा ६ खेलमा ९ अङ्क जोडेर सातौं स्थानमा छ । साबिक विजेता मछिन्द्र दोस्रो जितको खोजीमा हुनेछ । मछिन्द्र ६ अङ्क जोडेर ११ औं स्थानमा रहेको छ ।

रङ्गशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ ।

सातदोबाटो पाँचौं जितको योजनामा रहेको छ । सातदोबाटो १२ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ । आर्मी तेस्रो जितको योजनामा छ । आर्मी ८ अङ्क जोडेर आठौं स्थानमा रहेको छ ।

त्यस्तै सातदोबाटो एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्ने छन् । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस