ट्युनिसियामा डुंगा डुब्दा कम्तीमा २० आप्रवासी बेपत्ता « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

ट्युनिसियामा डुंगा डुब्दा कम्तीमा २० आप्रवासी बेपत्ता


२६ चैत्र २०७९, आइतबार


ट्युनिस । ट्युनिसियाको दक्षिण पूर्वी तटमा शुक्रबार राति एउटा डुंगा डुब्दा कम्तीमा २० आप्रवासी बेपत्ता भएको स्फ्याक्स प्रान्तका एक न्यायिक अधिकारीले बताएका छन् ।

सब–सहारा मुलुकका कम्तीमा ३७ आप्रवासी बोकेको उक्त डुंगा शुक्रबार राति स्फ्याक्सको तटबाट युरोपतर्फ प्रस्थान गरेको स्फ्याक्सको कोर्ट अफ फरस्ट इन्स्टेन्सका प्रवक्ता फाउजी मसमौदीले सिन्ह्वालाई बताए । अहिलेसम्म १७ आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको मस्मौदीले बताए ।

मध्य भूमध्य सागरमा अवस्थित ट्युनिसिया अवैध आप्रवासीका लागि युरोप जाने मुख्य प्रस्थान विन्दुहरूमध्ये एक हो । ट्युनिसियाली अधिकारीहरूले चालेको कडा कदमका बाबजुद पनि ट्युनिसियाली तटबाट अवैध आप्रवासन बढ्दो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस