मुकुन्द न्यौपानेले गरे एकीकृत समाजवादी छाडेको घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुकुन्द न्यौपानेले गरे एकीकृत समाजवादी छाडेको घोषणा


२५ चैत्र २०७९, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन्।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै उनले एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको बताउँदै पार्टी अवसरवादमा लिप्त भएको आरोपसमेत लगाए।

उनले सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाए पनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरू मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गरे।

उनले आफू अब नेकपा एमालेमा नै फर्किने बताएका छन् । उनले नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस