२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपुरमा चैतेधान लगाउने क्षेत्रफलमा वृद्धि

अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का कृषक चैतेधान खेतीतर्फ आकर्षित भएका छन् । यसले खेती गर्ने क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा चालू आर्थिक वर्ष २०७९/८० मा क्षेत्रफल विस्तार भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताए । उनले भने, ‘यस वर्ष करिब २२ हेक्टर क्षेत्रफल बढेको छ ।’

हिउँदे वर्षा नहुँदा चैते धान खेती गर्ने क्षेत्रफल अझ बढ्न नसकेको उनको भनाइ छ । गत वर्ष छ हजार एक सय २३ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष छ हजार एक सय ७१ मेट्रिक टन उत्पादन हुने अनुमान छ । ‘चैतेधान खेती प्रवर्द्धन गर्न केन्द्रले ब्लक क्षेत्र, स्थानीय तहबाट पकेट क्षेत्र कार्यक्रम लागू हुँदै आएको छ’, उनले भने, ‘चैतेधान लगाउने कृषकलाई सिँचाइ, मल तथा बीउमा अनुदान उपलब्ध गराइने भएकाले पनि कृषकको आकर्षण बढेको हो ।’ बर्खे धानको भन्दा चैतेको उत्पादन बढी हुने भएकाले कृषक यो खेतीमा आकर्षित भएको पौडेलको भनाइ छ ।

केन्द्रले जिल्लाको गैँडाकोट नगरपालिका वडा नं ११, कावासोती नगरपालिका वडा नं १२, १३, १४ र १७ मा चैते धानको ब्लक कार्यक्रम लागू गर्दै अनुदान दिँदै आएको थियो । ‘केन्द्रले लागू गरेको ब्लक कार्यक्रम दुई वर्षसम्म रहन्छ, यस वर्ष कार्यक्रम कावासोतीको १४ नम्बर वडामा मात्रै छ’, उनले भने, ‘ब्लक लागू भएका ठाउँमा सिँचाइ सुविधा उपलब्ध भइसकेकाले अन्य ठाउँमा कार्यक्रम सञ्चालन गर्नेबारे योजना निर्माण भइरहेको छ ।’ वर्ण शङ्कर जातका धानको गुणस्तर बढेकाले पनि कृषक चैतेधान खेतीमा आकर्षित हुने क्रम बढ्दो छ ।

‘चैतेधान बिक्रीमा त्यति समस्या छैन, चिउरा बनाउन तथा खानसमेत चैतेधान प्रयोग हुन्छ’, उनले भने, ‘चैतेधान काट्ने बेलामा बर्सेनि पानी पर्ने भएकाले धान सुकाउने मेसिन अभाव हुँदा कृषकले केही क्षति भने व्यहोर्नु परेको छ ।’ जिल्लामा चैते धानको रूपमा चैते–५, ताइचिन, हर्दिनाथ–१ र स्थानीय जातका धानको बीउ लगाउने गरिएको छ । जिल्लाको कावासोती, गैँडाकोट, मध्य बिन्दु, विनयी त्रिवेणीका साथै बुलिङटार गाउँपालिकाको बेँसी क्षेत्रमा चैते धानको उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस