२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा सांसद ढकालको प्रश्न : विमानस्थलमा शवको बाकस फोड्नुको कारण के हो ?

अ+ अ-

काठमाडौँ । रास्वपाका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव ल्याइएको बाकस खोलेको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै विमानस्थलमा विदेशबाट ल्याइएका शव बोकेको बाकस खोलिएको बताएका हुन्।

उनले भने, ‘विदेशबाट शव ल्याउँदा शवको बाकस फोडिएको छ । एयरपोर्टमा केही सामान छ कि भनेर लुट्नलाई । हामीलाई ब्यागेज, ब्यागहरू फुटेको त जानकारी थियो। समाज कहाँ जाँदै छ, समाज के बन्दै छ। शव ल्याएका बक्साहरू फुटेका छन्। ती बाकसमा पनि केही सामान छन् कि गरगहनाहरू लुट्नका लागि। कारण के हो ? लागु औषध बोकेको यताको स्क्रिनले देख्दैन, कतारको एयरपोर्टमा पुग्छ। शव बोकेको बाकस फोरिन्छ ।’

यस्तै उनले यही विमानस्थलबाट गएका एक जनाको झोलामा लागु औषध बोकाएर फसाएको पनि बताए। उनले यस विषयमा उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्।

त्यस्तै ढकालले विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार भइरहेको पनि बताए । चितवनमा प्राथमिक तहका विद्यार्थीका लागि दिइने सरकारी खाजामा समेत भ्रष्टाचार भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘विदेशबाट शव ल्याउँदाखेरि शवको बाक्सा फोरिएको छ एयरपोर्टमा । केही सामान छ कि भनेर लुट्नलाई, ब्यागहरू फुटेको त जानकारी थियो । समाज कहाँ जाँदै छ ? समाज के बन्दै छ ? कारण के हो ? कारण भ्रष्टाचार । भ्रष्टाचार यसरी संस्थागत भएछ कि यसरी जरोसम्म पुगेछ कि शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ । अचम्मको छ एयरपोर्ट यताबाट लागू औषध स्क्रिनमा देख्दैन । लागू औषध कतारमा पुग्छ ।’

प्रतिक्रिया दिनुहोस