बम विष्फोटमा रुसी सेनाका प्रमुख ब्लगरको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बम विष्फोटमा रुसी सेनाका प्रमुख ब्लगरको मृत्यु


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । रुसको सेन्ट पिटर्स वर्गको एक क्याफेमा विष्फोट हुँदा रुसी सेनाका एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

विष्फोटमा रुसी सेनासँग सम्बन्धित जानकारीमा आधारित ब्लग बनाउने भ्लादेन तातार्स्कीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

तातार्स्कीलाई रुसी सेनाको प्रमुख ब्लगर मानिन्थ्यो । उनी रुसमा लोकप्रिय थिए । रुसको गृह मन्त्रालयले उनको मृत्यु भएको पुष्टि गरेको छ ।

उनको वास्तविक नाम मेक्सिम फोमिन रहेको जनाइएको छ । उनले युक्रेनमाथि रुसको आक्रमणको समर्थन गर्दै आएका थिए ।

उनले गत वर्ष युक्रेनसँगको सीमा क्षेत्रमा गरेको रिपोर्टिङको एक भिडियोको निकै चर्चा भएको थियो । उक्त भिडियोमा उनले भनेका छन्, ‘हामीले जसलाई पनि हराउन सक्छौं, जसलाई पनि मार्न सक्छौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस