२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सकियो राष्ट्रिय मिडिया सम्मेलन, ९ बुँदे घोषणापत्र जारी

अ+ अ-

काठमाडौँ । ९ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलन सकिएको छ ।

चैत १६-१७ गते भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्व सहमतिबाट पारित गर्दै ९ बुँदे घोषणापत्र जारी गरेको महासचिव रोशन पुरीले जानकारी दिएका छन् ।

नेपाल पत्रकार महासङ्घको ‘राष्ट्रिय मिडिया सम्मेलन’ लुम्बिनी, घोषणापत्र -२०७९

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आठौँ बैठक नवलपरासीको रामग्राम र ‘राष्ट्रिय मिडिया सम्मेलन’ रुपन्देहीको लुम्बिनीमा सम्पन्न भएको छ । २०७९ चैत १६-१७ गते सम्पन्न केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्व सहमतिबाट पारित गर्दै यो घोषणापत्र जारी गर्दछ ।

१. नेपाल पत्रकार महासङ्घलाई क्रियाशील पत्रकारको साझा सङ्गठनका रूपमा विकास गर्न सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउन यो सम्मेलन प्रण गर्दछ । सदस्यता शुद्धीकरणका लागि तयार मापदण्डलाई प्राप्त सुझावलाई समेटेर अन्तिमरुप दिने र प्रस्तावित तालिकाअनुसार नै काम गर्ने प्रतिबद्धता जनाउँदछ ।

२. पत्रकारितामा लामो समयदेखि क्रियाशील नभएका र अन्य पेसामा लागेकाहरूलाई सदस्यता परित्यागका लागि यो सम्मेलन आग्रह गर्दछ । त्यसरी सदस्यता त्याग गरेको लिखित जानकारी गराउने सदस्यलाई सम्मानसहित बिदाइ गर्ने र जनप्रतिनिधि, सरकारको पूर्णकालीन कर्मचारीको सदस्यता स्वतः समाप्त हुने गरी काम थाल्न तीनवटै समितिलाई यो सम्मेलन निर्देश गर्दछ ।

३. विधानको दफा ५ को उपदफा ९८० अनुसार आउँदो महाधिवेशन भन्दा ६ महिना अगाडिसम्म कायम सदस्यले मात्रै महासङ्घको आउँदो चुनावमा मतदानमा भाग लिन पाउने व्यवस्थालाई थप प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

४. नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूत गरे पनि त्यसपछि गठन भएका तीनवटै तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याउन बनाउनु पर्ने सञ्चार सम्बद्ध कानुनहरू नबनेकोप्रति नेपाल पत्रकार महासङ्घको यो सम्मेलन गम्भीर चासो र चिन्ता व्यक्त गर्दछ । नागरिक अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक सुनिश्चितसहितको प्रेसमैत्री कानुन निर्माणका लागि यो सम्मेलन पुनः माग गर्दछ । साथै, संविधानअनुसार बन्नुपर्ने सञ्चार सम्बद्ध निकायको गठन तथा पूर्णताका लागि पनि सरकारको ध्यानाकर्षण गराउँदछ । राजनीतिक दललाई पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न आग्रह गर्दछ ।

५. श्रमजीवी पत्रकार ऐनलगायतका विद्यमान कानुनअनुसारका न्यूनतम पारिश्रमिक, सेवा सुविधालगायत प्राप्तिबाट श्रमजीवी पत्रकारहरू वञ्चित भइरहेका छन् । यो सम्मेलन ऐनको पूर्ण कार्यान्वयन, समय सापेक्ष न्यूनतम पारिश्रमिकको वृद्धि र तोकिएका सेवा सुविधाहरू पूर्ण कार्यान्वयनका लागि सरकार र सम्बन्धित सञ्चार गृहलाई आग्रह गर्दछ । साथै दबाब, आन्दोलन र कानुनी उपचारलगायतका ट्रेड युनियन अभ्यासलाई थप प्रभावकारी बनाउने प्रण गर्दछ ।

६. सञ्चारमाध्यमको दिगो र भरपर्दो ढङ्गले सञ्चालन गर्नका लागि समानुपातिक विज्ञापन प्रणालीलाई तत्काल लागू गर्न माग गर्दै यो सम्मेलन स्थानीय सरकार मातहतको निकायको विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई र प्रदेश सरकार मातहतको विज्ञापनलाई प्रदेश अन्तर्गतका सञ्चारमाध्यममा दिने गरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दछ ।

७. पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दै यो सम्मेलन पेशागत दक्षता अभिवृद्धि गर्न तालिम तथा वृत्ति विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउने घोषणा गर्दछ ।

८. गौतम बुद्धको जन्मस्थल लुम्बिनी, अस्तुधातू मध्येको एक अस्तुधातू रहेको नवलपरासीको रामग्राम, कपिलवस्तुको तिलौराकोट, बुद्धको मावली स्थल देबदह क्षेत्रको प्रचार प्रसार, संवर्द्धन, संरक्षण र आवश्यक पूर्वाधार विकासका लागि लुम्बिनी विकासको गुरुयोजना पूर्ण कार्यान्वयनका लागि सबै तहका सरकार तथा लुम्बिनी विकास कोषलाई यो सम्मेलन आग्रह गर्दछ ।

९. नेपाल पत्रकार महासङ्घ, केन्द्रीय समितिले आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनको आतिथ्यता गर्ने महासङ्घ लुम्बिनी प्रदेश समिति र समन्वय गर्ने महासङ्घका रुपन्देही, कपिलवस्तु र अर्घाखाँची शाखा, महासङ्घको ८औँ केन्द्रीय समिति बैठकको आतिथ्यता गर्ने नवलपरासी शाखा साथै लुम्बिनी विकास कोष, सामाजिक सुरक्षा कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय, प्रेस काउन्सिल नेपाल र रुपन्देहीका स्थानीय तहलाई धन्यवाद ज्ञापन गर्दछ ।

रोशन पुरी
महासचिव

प्रतिक्रिया दिनुहोस