लोक सेवाले कर्मचारीको भर्ती गर्ने हुँदा लोक सेवा कर्मचारी भन्न मिल्दैन : नेता निधी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवाले कर्मचारीको भर्ती गर्ने हुँदा लोक सेवा कर्मचारी भन्न मिल्दैन : नेता निधी


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । काँग्रेस नेता विमलेन्द्र निधिले निजामती सेवाको नाम फेर्नु पर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित स्थानीय तह कर्मचारी युनियन, नेपालको प्रथम केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै निधिले यस्तो बताएका हुन् ।

उनले आफू सामान्य प्रशासन मन्त्री भएको बेलामा पनि निजामती सेवाको नाम फेर्ने विषयमा छलफल गरेको बताउँदै लोक सेवा आयोगले कर्मचारीहरूको भर्ती गर्ने हुँदा लोक सेवा कर्मचारी भन्न सकिने बताए ।

उनले भने, ‘निजामती शब्द उर्दुबाट आएको हो । निजाम्को अर्थ ‘राजा’ हुन्छ । राजाको सेवामा खटिनेहरूलाई ‘निजामती’ भन्ने गरिएको र त्यही शब्द विकसित हुँदै ‘निजामती’ भएको हो । ’

निजामती शब्द समय सान्दर्भिक नभएको भन्दै समय सान्दर्भिक नाम खोज्नुपर्ने नेता निधिको भनाइ छ । राजनीतिज्ञ र कर्मचारीहरूको सहकार्य सफल भएमा देश र जनताले प्रगति गर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस