समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौँ : नवनियुक्त अर्थमन्त्री महत « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौँ : नवनियुक्त अर्थमन्त्री महत


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताएका छन् ।

शुक्रबार पद तथा गोपनीयताको शपथ पछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे ।

उनले भने,‘अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ । समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौँ ।’

साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने पनि उनले बताए । सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने भन्दै उनले भने लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताए । राजश्व र कर सङ्कलनका लागि सरकारले करकाप नगर्ने पनि मन्त्री महतले बताए ।

अर्थमन्त्री डा. महतले पहिलो निर्णयका रूपमा नगद प्रवाह योजना तर्जुमा समिति गठन गरेका छन् ।

यस्तो समिति बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको संयोजकत्वमा रहनेछ । समितिमा मन्त्रालय मातहतका विभागीय प्रमुख, महालेखा नियन्त्रकको कार्यालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रतिनिधिहरू सदस्य रहने भएका छन् ।

सरकारी कोषको अध्ययन गरी यो समितिले सरकारलाई चाल्नु पर्ने कदमबारे सुझाव दिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस