ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । तनहुँको भानु नगरपालिका–२ भकुन्थोकमा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मल ल्याउँदै गरेको ट्रयाक्टरको टेलर छिनेर सोही टेलरले च्यापिएर एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मृतकको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए।

दुर्घटनामा घाइते दुई जनाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रयाक्टर चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस