हिमालय एयरलाइन्सका तीन क्याबिन-क्रु कारबाहीमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हिमालय एयरलाइन्सका तीन क्याबिन-क्रु कारबाहीमा


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । हवाई उडान भइरहेका बेलामा टिकटक भिडियो बनाइरहेका तीन जना क्याबिन-क्रु कारवाहीमा परेका छन्।

बिहीबार हिमालय एयरलाइन्सका काठमाडौँ-दोहा रुटमा उडानमा रहेको एच९-५६३ उडान नंको जहाजमा पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको समयमा एक पुरुष र दुई महिला एयरहोसस्टेस टिकटक बनाएको भिडियो सार्वजनिक भएपछि उनीहरूमाथि कारबाही थालिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडानका समयमा एयरहोसस्टेस या अन्य चालक दलका सदस्यले ध्यान अन्त गराउनु ‘इनफ्लाइट सेफ्टी’ विरुद्धको कसुर मानिन्छ। कसुर बमोजिम उनीहरूलाई ३ देखि ६ महिनासम्म उड्न नपाउने गरी कारबाही गरिने व्यवस्था छ।

प्राधिकरणका अनुसार उडान उडानको समयमा टिकटकमा रमाइरहेका ती तीन जनालाई ३ देखि ६ महिनासम्म उड्न नपाउने गरी कारबाही गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस