विराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । सातौँ संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटीले जितेको छ ।

विराटनगरको शहीद रङ्गशालामा बिहीबार भएको फाइनलमा भारत केरलाको लुका सकर क्लबलाई ४-० गोलले हराउँदै विराटनगर च्याम्पियन बनेको हो ।

विराटनगरको जितमा ओलावाले आफिज, विमल घर्ती मगर, मेसुके ओलुमोउ र अविशेक गुरुङले एकरएक गोल गरे ।

विराटनगरका लागि खेलको सातौँ मिनेटमा ओलावालेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै, ७९औँ मिनेटमा विमलले, ९०औँ मेसुकेले र खेलको इञ्जुरी समयमा अविषेकले गोल गर्दै विराटनगरलाई ४-० को जित दिलाएका हुन् ।

च्याम्पियन विराटनगरले २० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गरेको छ । उपविजेता लुका सकर क्लबले १० लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस