स्वर्णिमले आफू काँग्रेसमा नरहेको सन्देश पठाए ४ नेतालाई « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्वर्णिमले आफू काँग्रेसमा नरहेको सन्देश पठाए ४ नेतालाई


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । अर्थशास्त्री स्वर्णिम वाग्लेले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ४ नेतालाई आफू काँग्रेसमा नरहेको सन्देश पठाएका छन् ।

वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ-१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको छ । यही सन्दर्भमा वाग्लेले महामन्त्रीद्वयसँगै नेताहरू शेखर कोइराला र डा. गोविन्द राज पोखरेललाई एसएमएस पठाएर आफू काँग्रेसमा नरहेको बताएका हुन् ।

‘शेरबहादुर–आरजु काँग्रेसमा रहिन’ भन्दै उनले भविष्यमा यी ४ नेता नेतृत्वमा पुगेमा पुनः सहकार्य हुने सन्देश पठाएको एक नेताले जानकारी दिए ।

स्वर्णिमको एसएमएस आएपछि महामन्त्रीद्वय र अरु नेताहरुले निरन्तर सम्पर्कको प्रयास गरेका छन् । तर स्वर्णिमसँग सम्पर्क हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस