सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

बुधबार तोलामा १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तीन सयले घटेर तोलामा १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै , तेजाबी सुन तोलामा १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको मूल्यमा भने आज सामान्य वृद्धि भएको छ। बुधबार तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार भने १० रुपैयाँले बढेर तोलामा १ हजार ३सय ७५ रुपैयाँ पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस