विश्वकप छनोट प्लेअफ : आज दुई खेल हुँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विश्वकप छनोट प्लेअफ : आज दुई खेल हुँदै


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा आज दुई खेल हुदैछ।

नामिबियाको विन्डोकमा रहेको वन्डुरस र युनाईटेड क्रिकेट मैदानमा समान १/१ खेल हुदैछ । वन्डुरस क्रिकेट मैदानमा हुने खेलमा जर्सी र नामिबियाबीच खेल हुदैछ ।

प्रतियोगितामा तेस्रो खेल खेल्न लागेका घरेलु टोली १ जितका साथ ६ राष्ट्र सहभागी प्रतियोगिताको चौथो स्थानमा रहेको छ ।

पहिलो खेलमा पराजित जर्सी पहिलो जितको खोजीमा रहेको छ । अङ्कविहीन जर्सी पाँचौँ स्थानमा रहेको छ ।

आज नै हुने अर्को खेलमा युएई र अमेरिका खेल्दै छन् । खेल युनाइटेड मैदानमा हुनेछ । दोस्रो खेल खेल्न लागेको युएई भने पहिलो खेलमा जितका साथ तेस्रो स्थानमा रहेको छ ।

आफ्नो तेस्रो खेल खेल्न लागेको अमेरका दोस्रो जितको खोजीमा रहेको छ । अमेरिका २ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

दुवै खेल नेपाली समय अनुसार दिउँसो सबा १ मा सुरु हुनेछ ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरूको सहभागिता रहेको छ ।

लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौँ, युएई छैटौँ र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।

सिङ्गल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भइसकेको छ ।

त्यस्तै पुछारका दुई टोली युएई र पीएनजीले भने प्लेअफमार्फत एक दिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु पर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस