बूढानीलकण्ठ स्कुलद्वारा छात्रवृत्तिको लागि दरखास्त आह्वान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बूढानीलकण्ठ स्कुलद्वारा छात्रवृत्तिको लागि दरखास्त आह्वान


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । बूढानीलकण्ठ स्कुलले कक्षा ५ देखि आवासीय रूपमा निस्शुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहनदार बालबालिकाको लागि छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सो स्कुलले काठमाडौं तथा साझेदारी कार्यक्रममा सहभागी देशभरका विद्यालयहरूमा अध्ययनरत विपन्न समुदायका जेहेनदार बालबालिकाको लागि छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको हो ।

वि.सं. २०६९/०१/०१ गतेदेखि २०७०/१२/३० गतेसम्म जन्म भई कम्तीमा कक्षा ३ र कक्षा ४ मा सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०७९ मा कक्षा ४ अध्ययन पूरा गरेका छात्र-छात्रामध्ये विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुने गरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यताका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिने सूचनामा उल्लेख छ।

दरखास्त फारम आगामी चैत २७ गते सोमबार, दिउँसो १:०० देखि ४:०० बजेसम्म तथा २८ गते मंगलबार बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म बुझाउन सकिने स्कुलले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस