कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।यसअघि चैत १४ गते मंगलबार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो ।

विस्तारित मन्त्रिपरिषद्मा पठाउने मन्त्रीहरू छान्न बैठक बस्न लागेको हो । नेपाली कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व सहकारमा सहभागी हुने तयारी छ ।

कांग्रेसलगायत सत्ता गठबन्धन दलले मन्त्रीको नाम टुङ्गो लगाए आजै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेसले उपप्रधानमन्त्रीसहित ८ मन्त्री पाउने भएको छ।

गठबन्धन दलहरुबीच सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलो भइरहेको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस