थप एक सचिवको सरुवा  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

थप एक सचिवको सरुवा 


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ । सरकारले थप एक सचिवको सरुवा गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेलाई कोशी प्रदेश, विराटनगरमा सरुवा गर्ने निर्णय गरेको हो । 

सञ्चार तथा सूचना प्रविधि सचिव वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिँदा र उनको ठाउँमा ल्याइएका मधेस प्रदेशका प्रमुख सचिव कृष्ण बहादुर राउतको सरुवासँगै काफ्लेको पनि सरुवा गरिएको हो । राउतले आजै पत्र बुझिसकेका छन् । 

सम्बन्धित समाचार : केही सचिवको सरुवा, सञ्चारमा राउत

अर्याल असार पहिलो साता अनिवार्य अवकाशमा जाँदै छन् भने राउत १५ महिना प्रदेश बसाई पछि काठमाडौँ भित्रिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस