केही सचिवको सरुवा, सञ्चारमा राउत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

केही सचिवको सरुवा, सञ्चारमा राउत


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ । सरकारले केही सचिवको सरुवा गरेको छ। मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार सचिवसहित केही सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

सिंहदरवार उच्च स्रोतले प्रशासन विशेष ब्युरोलाई दिएको जानकारी अनुसार सञ्‍चार तथा सूचना प्रविधि सचिव डा. वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गर्दै अर्यालको ठाउँमा कृष्ण राउतलाई ल्याइएको छ । राउत अहिले मधेस प्रदेशको प्रमुख सचिवमा कार्यरत छन् ।

रावतको सञ्चारमा सरुवा भएसँगै मधेसमा रिक्त हुन आउने प्रमुख सचिवमा कसलाई पठाउने भन्ने अझै टुङ्गो लागि सकेको छैन । सम्भवतः आज साँझसम्म पत्र बन्ने सम्भावना प्रबल रहेको ती स्रोतले प्रशासनलाई जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस