फरार सांसद कोइरीको खोजी गर्न संसदमा दबाब « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फरार सांसद कोइरीको खोजी गर्न संसदमा दबाब


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा फरार सांसद लक्ष्मी महतो कोइरीको खोजी गर्न नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले दबाब दिएका छन् ।

उनले संसद बाहिर पनि कोइरीको चहलपहल नदेखिएको भन्दै खोजी गर्न दबाब दिएका हुन् ।

उनले भने, ‘आज प्रतिनिधिसभाको १७ औँ बैठक चलिराखेको छ । लगातार १० पटकसम्म उपस्थित नहुँदा सांसद पद खाली हुन्छ भन्ने नियमावलीमा उल्लेख भएको सुनेको थिएँ । एक जना सांसद सभामुखलाई जानकारी दिएर हो कि, जानकारी नदिईकन हो, धेरै पटकदेखि संसदमा देखिएको छैन । महोत्तरीबाट निर्वाचित लक्ष्मी महतो कोइरी हराइरहेको सूचना छ । सभामुखलाई जानकारी छ कि छैन जानकारी पाउँ ।’

खतिवडाले प्रश्न गरेका बेला सभामुख देवराज घिमिरे सभामुखको आसनमा थिएनन् । एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सदन चलाइरहेका थिए । उनले खतिवडालाई जवाफ दिए, ‘ध्यानाकर्षणको लागि माननीयज्यूलाई धन्यवाद ।’

मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोग लागेका कोइरी फरार अभियुक्त हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस