चार एआईजीको पदस्थापन : सीआईबीमा बज्राचार्य, मेट्रोमा ज्ञवाली « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चार एआईजीको पदस्थापन : सीआईबीमा बज्राचार्य, मेट्रोमा ज्ञवाली


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गत साता बढुवा भएका ४ एआईजीलाई पदस्थापन गरेको हो ।

श्याम ज्ञवालीलाई महानगरीय प्रहरी कार्यालय (मेट्रो), किरण बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र टेकप्रसाद राईलाई प्रहरी एकेडेमीमा पदस्थापन गरेको छ ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा दीपक थापाको पदस्थापन भएको छ ।

सरकारले चैत ८ गते ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरेकामा वसन्त कुँवरलाई दुई दिनपछि आईजिपी बनाएको थियो । नेपाल प्रहरीमा एआईजीका ८ दरबन्दीमध्ये रिक्त रहेका ४ वटामा पनि बढुवा सिफारिस भइसकेको छ ।

बढुवाका लागि सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ सिफारिस भएका छन् । मन्त्रीपरिषद्ले बढुवा गरेसँगै कार्य, मानव स्रोत, अपराध अनुसन्धान र प्रदेश समन्वय विभागमा उनीहरूलाई पदस्थापन गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस