माओवादीका शिवचन्द्र कुशवाह जनमतमा प्रवेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादीका शिवचन्द्र कुशवाह जनमतमा प्रवेश


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् ।

नेता कुशवाहले केहीबेर अघि रिपोर्टर क्लबमा पत्रकार सम्मेलन गरी आफू सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको जानकारी गराएका हुन् । उनलाई अध्यक्ष राउतले पार्टीमा स्वागत गरे ।

बारा-२ बाट निर्वाचित जसपाका नेता रामसहायप्रशास यादव उपराष्ट्रपति निर्वाचित भएपछि उक्त स्थानको सांसद पद रिक्त छ ।

उपनिर्वाचनमा उक्त क्षेत्रबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनको समर्थनमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

माओवादी केन्द्रले उपेन्द्रलाई उक्त स्थान छोड्ने करिब निश्चित भएपछि कुशवाह त्यहाँ निर्वचनमा उम्मेदवार बन्न जनमत पार्टी प्रवेश गरेका हुन् । सीके राउतले उपेन्द्रलाई संसद प्रवेशबाट रोक्न कुशवाहलाई पार्टीमा भित्र्याएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस