साउदी अरबमा बस दुर्घटना, २० तीर्थयात्रीको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

साउदी अरबमा बस दुर्घटना, २० तीर्थयात्रीको मृत्यु


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ । साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । सोमबार यमनको सिमानामा रहेको दक्षिणी प्रान्त असिरमा एउटा पुलमा ठोक्किएर बस दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी तीर्थयात्री रहेका छन् । उनीहरु उमराहका लागि मक्का जाँदै थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा सवार यात्रु विभिन्न देशका थिए । उनीहरु कुन देशका हुन् भन्ने खुलाइएको छैन् । उमराह हज जस्तै एक मुस्लिम धार्मिक तीर्थयात्रा हो ।

Tags :
प्रतिक्रिया दिनुहोस