तीन प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

तीन प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

त्यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस