प्रजनन स्वास्थ्यमा समस्या भयो भन्दैमा डिभोर्स दिन पाइँदैन : डा. तोशिमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रजनन स्वास्थ्यमा समस्या भयो भन्दैमा डिभोर्स दिन पाइँदैन : डा. तोशिमा


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा. तोशिमा कार्कीले प्रजनन स्वास्थ्यमा समस्या भयो भन्दैमा डिभोर्स दिन नपाउने बताएकी छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले भनिन्, ‘प्रजनन स्वास्थ्यमा समस्या भयो भन्दैमा कसैले कसैलाई डिभोर्स दिन पाइँदैन । यो बाँझोपन भन्ने शब्द त प्रयोग नै गर्नु हुँदैन । निस् सन्तानपनचाहिँ अलिक स्वीकार्य शब्द हो । यसलाई संशोधन गर्नुपर्छ । बाँझोपन शब्दलाई निर्मूल पार्नुपर्छ ।’

उनले प्रजनन स्वास्थ्यमा समस्या भएकै कारण नेपाली समाजमा धेरै महिलाहरू डिभोर्सको सिकार हुनु परेको बताउँदै भनिन्, ‘त्यही कारण कुनै पनि महिलालाई विस्थापन गर्न पाइँदैन, घर निकाला गर्न पाइँदैन र डिभोर्स दिन पाइँदैन । यही ऐनको धारा २६ मा त्यसबारे व्यवस्था छ । त्यहीअनुसार तपाईँहरू निवेदन गर्न सक्नुहुनेछ ।’

सुरक्षित मातृत्व एवम् प्रजनन अधिकार ऐनको सन्दर्भ जोड्दै उनले यदि प्रजनन स्वास्थ्यमा समस्या भएकै कारण कोही डिभोर्सको सिकार हुनुपरे सम्बन्धित निकायमा निवेदन गर्न सुझाव दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस