अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भूकम्प


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । अफगानिस्तानको फैजाबाद केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण कम्तिमा ५ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।

मङ्गलवार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रबिन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको कडा झड्का अफगानिस्तानसँगै पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो ।

विपद् व्यवस्थापन मन्त्री सफिउल्लाह रहिमीले सीएनएनलाई दिएको जानकारी अनुसार अफगानिस्तानको लाघमन प्रान्तमा दुई जनाको मृत्यु र ८ जना घाइते भएका छन् ।

यसैगरी दुई बच्चासहित अरु तीन जनाको उत्तरी पाकिस्तानमा मृत्यु भएको छ । अन्य ४१ जना घाइते भएका छन् । पाकिस्तानको अब्बोटावाद शहरमा भूकम्पका कारण पहिरो जाँदा बाटो पनि बन्द भएको सीएनएनले जनाएको छ ।

भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्ली, राजस्थान, जम्मु कश्मीरका पनि महसुस गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस