राष्ट्र बैंक गैर जिम्मेवार हुँदा देश दुर्घटनामा उन्मुख : प्रदीप यादव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्र बैंक गैर जिम्मेवार हुँदा देश दुर्घटनामा उन्मुख : प्रदीप यादव


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । जसपा सांसद प्रदीप यादवले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । उनले राष्ट्र बैंक स्वतन्त्र नेतृत्व नहुँदा समस्या आएको बताएका हुन् ।

सांसद यादवले राष्ट्र बैंक नै गैर जिम्मेवार हुने अवस्थाले देशलाई दुर्घटना उन्मुख गरेको बताए ।

उनले भने, ‘सभामुख महोदय, देशको अर्थतन्त्रलाई ट्र्याकमा हिँडाउने काम राष्ट्र बैकको हो । यसले ठिकसँग काम गर्न सके मात्र अर्थतन्त्र ठिक बाटोमा हिँड्न सक्छ । तर, राष्ट्र बैंक नै स्वतन्त्र छैन । एउटा पक्षलाई पक्षपोषण गर्ने राष्ट्र बैंकका कारण देश आर्थिक सङ्कटमा छ ।’

अहिले बैंकहरुले ब्याज घटाएर सहुलियत दिनुपर्ने अवस्था रहे पनि राष्ट्र बैङ्कले सही दिशानिर्देश नगर्दा ब्याज घट्न नसकेको उनको ठहर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस