काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
आयोगले आन्तरिक प्रतिस्पर्धातर्फ अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको आधारमा उत्तीर्ण नेपाल लेखा परीक्षण, नेपाल प्रशासन सेवा, नेपाल परराष्ट्र सेवा र नेपाल न्याय सेवातर्फ सहसचिवको नतिजा प्रकाशित गरेको हो ।



