काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र प्रतिनिधिसभाका सांसदहरूलाई चियापानको निम्तो दिएका छन् ।
आफूलाई निर्वाचित गरेकोमा धन्यवाद दिन उनले शनिबार बिहान नौ बजेका लागि सांसदहरूलाई बोलाएका हुन् । सांसदहरूसँगै प्रमुख दलका प्रमुख नेताहरू पनि आमन्त्रित छन् ।
सांसद प्रतिमा गौतमले राष्ट्रपति कार्यालयमा शनिबार बिहान नौ बजेका लागि निमन्त्रण आएको जानकारी दिइन् ।