बैंकका कर्मचारीमाथि आक्रमण  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बैंकका कर्मचारीमाथि आक्रमण 


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । पर्वतमा बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बैंकको कर्जा असुलीका लागि म्याग्दी गएका एक बैंकका कर्मचारीमाथि आक्रमण भएको हो ।

आक्रमणमा परी एक जना घाइते भएका छन् भने एक जनामाथि दुर्व्यवहार भएको छ । कर्जा असुलीको विषयमा विवाद हुँदा उनीहरूमाथि आक्रमण भएको घटनाको प्रारम्भिक अनुसन्धानबाट देखिएको र घट्नमा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आक्रमणमा पर्ने दुवै जना व्यक्ति म्याग्दीमा रहेको एनआईसी एसिया बैंकमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

यता बैंक सञ्चालकहरूको संस्था सीबीफीनले म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि साङ्घातिक आक्रमण भएको जनाएको छ । बिहीबार उनीहरूमाथि नियोजित रूपमा साङ्घातिक आक्रमण गरी गम्भीर घाइते बनाएको सीबीफीनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस