२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा उपमहानगरले पालिका प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय बनाउने  

अ+ अ-

काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले आफ्नो पालिकामा प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय बनाउने भएको छ ।

मङ्गलवार बसेको कार्यपालिका बैठकले उपमहानगर प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरेको मेयर मीना लामाले जानकारी दिइन् ।

उपमहानगरका अनुसार नगरको पूर्वमा वडा नम्बर १८ मा, पश्चिममा वडा नम्बर १९ मा, दक्षिणमा वडा नम्बर १५ र उत्तरमा १ नम्बर वडा क्षेत्रको पायक पर्ने स्थानमा शौचालय निर्माण गरिने छ । ज

उपमहानगरले न्यून आय भएका गरिब तथा विपन्न परिवारका ६६३ जनाको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । नगर स्तरीय स्वास्थ्य बीमा लाभग्राही छनोट समितिले ११ फागुन २०७९ मा गरेको निर्णयबाट भएको सिफारिस अनुसार उनीहरूको स्वास्थ्य बीमा गरिने उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए ।

हेटौँडाको मुख्य बजार क्षेत्रका अव्यवस्थित बिजुलीको तार भूमिगत गर्नका लागि नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णय समेत भएको मेयर लामाले बताइन् । अव्यवस्थित बिजुलीको तारका कारण बजार क्षेत्र कुरूप देखिएकोले बजारको मुख्य क्षेत्रका तारहरूलाई भूमिगत गर्न प्राधिकरणलाई अनुरोध गर्ने निर्णय भएको उनले बताइन् ।

हेटौँडा उपमहानगरलाई उज्यालो सहरको रूपमा विकास गर्न ‘हाइ मास्ट’ बत्ती राख्ने निर्णय भएको उनले बताइन् । जसका लागि प्राधिकरणसँग छलफल भइरहेको उनले बताइन् ।

पहिलो चरणमा हाइ मास्ट बत्ती राख्नका लागि ६० लाख रुपैयाँ बजेट उपमहानगरले छुट्याइ सकेको शहरी पूर्वाधार विकास महाशाखाका प्रमुख सत्यनारायण शाहले बताए ।

प्रतिक्रिया दिनुहोस