२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तथ्याङ्क कार्यालयले पायो सचिव, थपलियाले सम्हाले जिम्मेवारी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले लामो समयपछि प्रमुख तथ्याङ्क अधिकारी पाएको छ । साबिक केन्द्रीय तथ्याङ्क विभागको स्तरोन्नतिबाट मन्त्रालयस्तरको कार्यालय भई सचिवको दरबन्दी कायम गरिएसँगै नेपालको पहिलो प्रमुख तथ्याङ्क अधिकारीको रूपमा सचिव राम प्रसाद थपलियाले जिम्मेवारी सम्हालेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थपलियाले सोमबार पद बहाली गरेका हुन् ।

तथ्याङ्क ऐन २०७९ को कार्यान्वयनसँगै केन्द्रीय तथ्याङ्क विभागबाट ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’रूपान्तरण भएको निकाय राष्ट्रिय योजना आयोग मातहतबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत पुर्‍याइएको थियो।

तथ्याङ्क ऐन २०१५ लाई विस्थापित गराउँदै ल्याइएको ऐन अनुसार सहसचिव स्तरका महानिर्देशकले गर्दै आएको विभागको नेतृत्व प्रकाशकीय प्रमुखका रूपमा सचिवले गर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार : तथ्याङ्क विभाग औपचारिक रूपमा प्रधानमन्त्री कार्यालय मातहत, नेतृत्वमा सचिव

पछिल्लो समय सङ्घमा कर्मचारीको दरबन्दी आवश्यकता भन्दा धेरै भएको र मर्यादाका लागि पनि सचिवहरूको दरबन्दी सीमित आयोग र मन्त्रालयहरूमा मात्रै कायम राख्नु पर्ने बहस चलिरहँदा तथ्याङ्क कार्यालयमा सचिवको दरबन्दी थपिएको छ । यससँगै अव कसैलाई ‘पन्छाउनु’ या ‘थन्क्याउनु’ परेमा थप एक थान सिट उपलब्ध भएको कानेखुसी कर्मचारी वृत्तमा सुनिन थालेको छ ।

नेपालको निजामतीमा कर्मचारी र पदको अभाव भन्दा पनि अनावश्यक ‘प्रभाव’ हाबी भएकै कारण सेवा प्रवाहमा नागरिकको असन्तुष्टि बढ्दै गएको हो । उदाहरणकै रूपमा भन्ने हो भने के दुई वटा सचिव रहेका मन्त्रालयहरूबाट एउटा सचिव भएको मन्त्रालयको भन्दा दोब्बर काम भएको छ त ?

प्रतिक्रिया दिनुहोस