उपराष्ट्रपति उम्मेदवार यादवले मागे शीर्ष नेताहरूसँग मत « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

उपराष्ट्रपति उम्मेदवार यादवले मागे शीर्ष नेताहरूसँग मत


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । उपराष्ट्रपतिको उम्मेदवार रामसहाय प्रसाद यादवले राजनीतिक दलका नेताहरूसँग मत मागेका छन्।

यादवले आज प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाललाई भेटेका छन्।

प्रचण्ड र नेपाल दुवैसँग सहयोगका लागि यादवले आग्रह गरेका थिए।

भेटमा प्रधानमन्त्री प्रचण्डले यादवलाई आफूहरूको साथ र सहयोग रहेको बताएको जसपाका नेता एवम् सांसद प्रदिप यादवले बताए।

भेटमा नेकपा एसका अध्यक्ष माधव नेपालले पनि गठबन्धनको साथ र सहयोग रहने बताएका थिए। उनले आफ्ना पार्टीका साथै सिङ्गो गठबन्धनको मत आउने गरी पहल गर्ने आश्वासन नेपालले दिएका थिए।

उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै ३ बजे राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र ४ बजे काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस