२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलिङमा नेपालको उत्कृष्ट सुरुआत, ७ ओभरमै युएईले गुमायो ४ विकेट

अ+ अ-

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध बलिङमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २४९ रनको लक्ष्य पछ्याइरहेको युएईले सात ओभरको समाप्तिमा चार विकेट गुमाएर १३ रनमात्र बनाएको थियो ।

नेपालका ललित राजवंशीले दुई विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

नेपालका ललित राजवंशीले पहिलो ओभरको पहिलो बलमै सफलता दिलाएका थिए । राजवंशीले युएईका ओपनर भ्रित्या अरविन्दलाई बोल्ड गरे । तेस्रो ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरीले आर्यन लक्रालाई बोल्ड गरे । यस्तै, पाँचौँ ओभरको चौथो बलमा राजवंशीले युएईका मुहम्मद वसिमलाई कुशल भुर्तेलमार्फत क्याच आउट गराए । छैटौँ ओभरको पहिलो बलमै सोमपालले युएईका अर्का ओपनर आसिफ खानलाई विकेटकिपर आसिफ शेखमार्फत क्याच आउट गराए ।

युएईका भ्रित्या अरविन्द र आर्यन लक्रा ‘डक’ भए । यस्तै, आसिफ खान ६ रनमा र कप्तान मुहम्मद वसिम एक रनमा पभेलियन फर्किए । 

अहिले युएईले १२ ओभरको समाप्तिमा ३१ रन बनाएर खेलिरहेको छ ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रनको योगफल खडा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस