२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक सेवाको लिखित परीक्षा उत्तीर्ण पुष्पाको पक्षमा सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौँ । शिक्षक सेवा आयोगबाट लिइएको लिखित परीक्षामा उत्तीर्ण भएकी कुमारी पुष्पा चन्दलाई आयोगले पिछडिएको जिल्लाबाट नागरिकता लिएको नभएको भन्दै त्यस क्लस्टरबाट परीक्षा दिन अयोग्य रहेको निर्णय कार्यान्वयन नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

बैतडीबाट विवाह गरी बझाङ पुगेकी चन्दलाई बझाङमै स्थायी बसोबास र विवाह दर्ता पनि सिफारिस भएको र उनले नुवाकोटबाट शिक्षक सेवामा नाम निकाल्दा बझाङबाट नागरिकता जारी नभएको भन्दै पिछडिएको क्षेत्रबाट भिड्न नपाउने आयोगको निर्णय गरेको थियो ।

सर्वोच्च आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले जारी गरेको उत्प्रेष्णमा भनिएको छ, ‘शिक्षक सेवा आयोगको विज्ञापन नं. १०९–७८–७९ को प्राथमिक शिक्षक तृतीय तहको समावेशी पिछडिएको क्षेत्रतर्फ लिखित परीक्षाहरूमा उत्तीर्ण भइसकेपछि आयोगबाट प्रकाशित फागुन १० गतेको सूचनामा कुमारी पुष्पा चन्दको विवरण शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम १३ क. को खण्ड (ङ मा उल्लेख भएअनुसारका आधार नपाइएकोले नियमावलीको नियम २६ (१) बमोजिम दरखास्त रद्द गरिएको भन्ने उल्लेख भएको हुँदा प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न नराउन अन्तरिम आदेश जारी गरिएको छ ।’

आयोगले कुमारीलाई पिछडिएको क्षेत्रबाट परीक्षामा समावेश हुन योग्यता नपुगेको भन्दै अन्तर्वार्तामा सहभागी हुन नपाउने भनेर सूचना जारी गरेको थियो । त्यसविरुद्ध उनले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस